बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

प्रचण्डलाई ओलीको फोन: मिलेर अघि बढौं

प्रचण्डलाई ओलीको फोन: मिलेर अघि बढौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले मिलेर अघि बढ्ने प्रस्ताव गरेका हुन । 

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    प्रचण्डलाई ओलीको फोन: मिलेर अघि बढौं
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले मिलेर अघि बढ्ने प्रस्ताव गरेका हुन । 
     चुनाव जितेपछि बधाई दिन ओलीले गरेको टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका बताइएको छ । 


    images
    images

    ‘ अब बसेर कुरा गरौं,तिक्तता बढ्दै जाँदा निकै पर भइएछ, ’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो ।  ओलीले आफूहरुलाई 'टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै रहेको' समेत बताएका छन् । 

     प्रचण्डको सचिवायले टेलिफोन संवाद भएको पुष्टि गरेको छ । तर प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका छन ।  चुनावका परिणाम आईसकेपछि हेरेर छलफल गर्न सकिने उनले बताएका छन । 

    नेकपाको विभाजनपछि दुवै नेताबीच तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको छ। २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार