शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

पाँच वर्षपछि दुईतिहाई ल्याउने गरी काम गर्छौं

पाँच वर्षपछि दुईतिहाई ल्याउने गरी काम गर्छौं

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    पाँच वर्षपछि दुईतिहाई ल्याउने गरी काम गर्छौं
    images

    अहिले देशभरि डडेल्धुराका जनतालाई गाली गरिरहनु भएको छ । बिन्ती यो रोकिदिनुहोला । डडेल्धुराका जनता हाम्रो लागि भगवान् सरह हुनुहुन्छ । उहाँहरुको गल्ती केही पनि छैन । मेरो मत १३००० भन्दा बढी आएको छ जुन निकै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाशमान सिंहले जत्तिको पनि आचार संहिता मानेको भए ढुक्क मेरो २५००० आउँथ्यो शेरबहादुरको १३००० । पैसा र मौन अवधिमा भ्रमको बेजोड खुल्लमखुल्ला चलखेल भयो । 


    images
    images

    बजारमा यसको असर त केही पनि भएन तर डाँडाका गाउँमा अन्तिमको भ्रम " सागर गुल्मी गइसक्यो " भन्ने पत्याइदिनु भयो । डाँडाडाँडामा ४ महिना लगाएर निकै दुख गरेर दाँतबाट पसिना बगाएर बनाएको माहौल ५-७ दिनको हेलिकप्टर, पैसा र भ्रमले उडाइदियो । यहाँ गाउँमा निकै गाह्रो छ, धेरैको आर्थिक स्थिति निकै कमजोर छ । भोको पेटमा कसैले प्रलोभनमा पारी खान दियो त के गर्ने ? निश्चल सफा मन छ, खाना खानु भयो भ्रममा पर्नुभयो, आफ्नो गाउँ छोडेर धनगढी पनि पुग्नु भएको छैन, पापी हुनुहुन्न, सचेत हुनुहुन्न तर मायालाग्दो निश्चल हुनुहुन्छ अब भन्नुस् दोषी को ? खाना खाने पैसा लिने कि पैसा बाँड्ने दोषी ? सबै भन्दा खराब मेरो विचारमा पैसाको खोलो बगाउने नेता हो ।
    गठबन्धन (५ दलीय), प्रधानमन्त्री पद, खुलेआम नियम कानुनको धज्जी उडाउँदै पैसाको ओइरो, चुपचाप बस्ने गृह मन्त्रालयको शक्ति जो एउटा माइकिङबाट तर्सिन्छ तर अरुले नियम कानुन मिच्दा आँखा चिम्लिन्छ । निर्वाचन आयोगलाइ सही रिपोर्टिंग गर्दैन । नियम कानुन जबरजस्ति मैले मात्र पालना गर्नुपर्छ अरुलाई खुलेआम छुट दिन्छ । आफै मूल्याङ्कन गर्नुहोला के यो जित ठिक हो ? ५० औं गाड़ी फ्री नियम कानुनको खुलेआम धज्जी उडाउँदा हामीले रोक्नुस् भनेर निवेदन दिँदा अध्ययन गर्छौं भन्न छोडेर मलाई जसरी माइकिङ ठाउँको ठाउँ रोकियो त्यसरी नै शेर बहादुरको ५० औ फ्रि का गाडी ठाउँको ठाउँ रोकेको भए उहाँको हावा नै फुस्किन्थ्यो, सिट्ठि बज्थ्यो । यो नतिजा ठिक उल्टो हुन्थ्यो । डडेल्धुराका कुना कुनामा बस्नु भएका सिधा, सोझा र निकै माया लाग्दा जनताको तीव्र वितृष्णा मतमा परिणत हुन्थ्यो । विडम्बना ५ वर्षमा ५ दिन आउन पनि मुस्किल हुनेले यही ५ दिनमा आर्थिक तथा अन्य प्रलोभनमा पारि चुनाव जित्ने हो र सँधै यसरी नै जित्ने हो । यदि प्रहरी प्रशासन मात्र पनि कडा हुन्थ्यो भने देशको नै भविष्य फेरी चङ्गुलमा फस्ने थिएन।
    जसरी हुन्छ जित्नु पर्छ भन्ने मलाई लाग्दैन किनकि म हाम्रो लागी मात्र राजनीति गर्दै छैन, मलाई गलत बाटो कुनै पनि हालतमा कोर्नु छैन । मैले एक पाइला गलत चाल्दै गर्दा मेरो नाति नातिनालाई ठुलो असर गर्छ । घिनलाग्दो राजनीति गरेर प्रधानमन्त्री को लागि प्रधानमन्त्री मलाई हुनु छैन । मैले हामी मात्र होइन हाम्रो नातिनातिना - पनातिपनातिनाहरु परिकल्पना गरेर राजनीतिमा आएको हुँ ।

    मैले पाएको यो मत निकै शक्तिशाली मत हो । हावाहुरी आँधीबेहरी आए पनि नढल्ने मत हो । गर्व छ मलाई कि यति हुँदा पनि मलाई यत्रो साथ यहाँ पाएको छु, सहर बजार सबै सागरमय यहाँका जनताले बनाइदिनु भयो । आभारि छु । अब २४ दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि हल्लाउने गरी काम गर्नेछु । डडेल्धुराका जनतालाई बिन्ती गाली नगरिदिन होला म प्रत्येक गाउँमै गएर बसेको छु । उहाँ सोझो इमानदार माया लाग्दो गरी डॉडाको कुनामा बस्नुहुन्छ । उहाँको दोष होइन यो दोष हो खराब शिक्षा, बाटोघाटो र गरिबी । असन्तुष्टि पोख्नु नै छ भने शेर बहादुरलाई सच्चिन भन्ने हो तर जनतालाई गाली गर्ने होइन ।   अब उहाँको खर्च कति पेस गर्नुहुन्छ व्यय प्रतीक्षामा छु। ३१ लाखको सीमामै बस्नुहुन्छ होला ?  हाँस्यास्पद खर्च विवरणको पर्खाइमा छु - देश नै हाँस्नेछ शेरबहादुरको चुनावि खर्च विवरण देखेर ।


    करिब २-३ महिना भित्र मैले अबको ५ वर्षसम्म डडेल्धुराको समस्या समाधान कति गर्ने, कसरी गर्ने सोचेर मेरो विज्ञता कसरी सदुपयोग गर्ने भनेर विस्तृत खाका कोरेर फिल्डमा उत्रनेछु । डडेल्धुरामा रहेका डाक्टर, इन्जिनियर र हरेक पेसाका साथीहरू पनि डडेल्धुराका समस्या समाधान गर्न तम्तयार रहनुहोला । विदेश हुनुहुन्छ भने फर्कने तयारी गर्नुहुन अनुरोध गर्दछु ।
    हाम्रो डडेल्धुराको राजनीति यहाँको लागि मात्र पटक्कै होइन । हाम्रो यो राजनीतिले देशलाई नै तताएको छ । नेपालभर नयाँ पार्टी नयाँ अनुहारले जित्नमा यो राजनीतिको पनि अहम् भूमिका छ । डडेल्धुरामा आएको राजनीतिक भूकम्पले देश जरादेखि नै हल्लिएको छ । अब डडेल्धुराको लागि मात्र होइन सुदूर पश्चिमलाई उठाइ देशको लागि काम गर्छु । अबको तयारी स्थानीय तहमा सबै स्वतन्त्र उठाउने गरी हुनेछ । हाम्रा प्रहरी, प्रशासन, अदालत, विश्वविद्यालय, स्वास्थ्यमा भएको चरम पार्टीगत राजनीतिको रोग निर्मूल बनाउन प्रयास गर्नेछौं । जनताहरुले संस्थाहरूमा विश्वास गर्ने वातावरण बनाउने छौँ । साथसाथै अबको पाँच वर्ष भविष्य हेर्दा निकै अपत्यारिलो लाग्ला बालेन, निकोलस, सागर, रवि लगायतको टिमले २\३ बहुमत ल्याउने गरी काम गर्नेछौं ।
    धेरै-धेरै धन्यवाद !!!

    प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका ढकालले पराजयपछि जारी गरेको प्रेस विज्ञप्ति । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार