गुल्मी १ मा ज्ञवाली र भण्डारीको कडा टक्कर
काठमाडौं । गुल्मी क्षेत्रनंबर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भैरहेको छ । कहिले ज्ञवाली त कहिले भण्डारीले एक अर्कालाई पछि पार्ने गरेका छन ।
आज विहानको पछिल्लो परिणाम अनुसार कांग्रेसका भण्डारी अघि देखिएका छन । कांग्रेसका भण्डारीले २७ हजार १३२ र एमालेका ज्ञवालीले २६ हजार ६२ मत पाएका छन । प्रदेश सभाका दुवै सिटमा अहिले एमाले अघि छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय