Sajha Post
लालबाबुलाई हराउँदै शेखर कोइराला मोरङ  ६ बाट निर्वाचित 
nepatop

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा चुनावमा भने हारेका थिए । 


१४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन् । र, शुरुमा उनी गठबन्धन गर्न हुन्न भन्ने पक्षमा थिए । तर पछि सहमत हुँदै अहिले गठबन्धनकै बलमा निर्वाचित भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update