Sajha Post
पश्चिम नवलपरासी-२ मा राप्रपाका ध्रुवबहादुर प्रधानको फराकिलो जित
nepatop

काठमाडौं । काठमाडौं पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधान भारी मतले निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतले पछाडि पार्दै प्रधान  निर्वाचित भएका हुन् ।  प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । प्रधान पूर्व प्रहरी महानिरिक्षक हुन भने कँडेल पूर्व गृह राज्यमन्त्री हुन् । 

यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार अधिकारीले १४ हजार ४९८ मत पाएक छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update