मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित, जिल्लामा एमाले शून्य

सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित, जिल्लामा एमाले शून्य

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरे । बस्नेतले ११ हजार ८७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार ३६७ तथा एमालेका तामाङले २७ हजार ४९३ मत ल्याए ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित, जिल्लामा एमाले शून्य
    images

    काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरे ।


    images
    images

    बस्नेतले ११ हजार ८७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार ३६७ तथा एमालेका तामाङले २७ हजार ४९३ मत ल्याए ।

    सिन्धुपाल्चोक २ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो। तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन् भने तामाङ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानुन मन्त्री हुन् ।

    यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यो पटक १ माओवादीलाई छोडेर २ मा उक्लेका थिए । त्यहाँ १ माओवादीका माधव सापकोटाले जितिसकेका छने । सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । 

    सिन्धुपाल्चोक २ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसकी कृष्णकुमार तामाङ निर्वाचित भएका छन्। सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार