Sajha Post
लामो प्रतिक्षापछि एमालेका ठाकुर गैरे संसद छिर्न सफल, सोमप्रसाद पाण्डे पराजित
nepatop

काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई पराजित गर्दै एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । पाण्डेलाई ४ हजार २९३ मतान्तरले पराजित गर्दै गैरे प्रनितिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । 

गैरेले २७ हजार २८८ मत पाएर निर्वाचित भए भने पाण्डेले २२ हजार ९९५ मत पाए । अनेरास्ववियुका पूर्वअध्यक्ष गैरे समकालीन नेताहरूले पहिलेदेखि नै चुनावी प्रतिस्पर्धामा उत्रिन पाउँदा पनि टिकट पाउनबाट वञ्चित थिए । 

ठाकुरकै क्षेत्रमै रहेका स्थापित नेता पाण्डेका कारण उनी सधै टिकट पाउनबाट बञ्चित हुने गरेका थिए । तर यो पटक पार्टी विभाजन भएपछि दुबै एकअर्काका प्रतिष्पर्धी थिए । यो प्रतिष्पर्धामा गैरेले बाजि मारेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update