शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

गुल्मी १ : आलोपालोमा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै का‌ग्रेसका चन्द्र भण्डारीले बाजि मारे

गुल्मी १ : आलोपालोमा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै का‌ग्रेसका चन्द्र भण्डारीले बाजि मारे

काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको पालै पालोले यो पटक पनि निरन्तरता पाएको छ । त्यहाँ कांग्रेसका डा चन्द्र भण्डारी निर्वाचित भएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी निर्वाचित भएका हुन्।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    गुल्मी १ : आलोपालोमा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै का‌ग्रेसका चन्द्र भण्डारीले बाजि मारे
    images

    काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको पालै पालोले यो पटक पनि निरन्तरता पाएको छ । त्यहाँ कांग्रेसका डा चन्द्र भण्डारी निर्वाचित भएका छन्।


    images
    images

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी निर्वाचित भएका हुन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ ।

    एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् । उनले लेखेका छन्, 'अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । '

    यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

    pradeep1669360248.JPG

    गुल्मी १ का मतदाताले कांग्रेस एमालेका उम्मेदवारलाई पालैपालो निर्वाचित गराएको इतिहास छ। यसअघि दुई पटक भण्डारी र २ पटक  ज्ञवाली निर्वाचित भएका थिए । २०६४ सालको निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० को निर्वाचनमा भण्डारी निर्वाचित भए । 

    २०७४ को निर्वाचनमा ज्ञवाली चुनिएका थिए भने यो पटक पालो लगाए जसरी नै कांग्रेसका भण्डारी निर्वाचित भएका छन् । ज्ञवाली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास मात्र मानिन्छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार