बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

महोत्तरी २ बाट शरतसिंह भण्डारी निर्वाचित , नौ पटक प्रतिस्पर्धा सातपटक जित

महोत्तरी २ बाट शरतसिंह भण्डारी निर्वाचित , नौ पटक प्रतिस्पर्धा सातपटक जित

 काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले सातौँपटक संसदको यात्रा तय गरेका छन्।  उनी महोत्तरी २ बाट निर्वाचित भएका छन् ।  भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा।विजयकुमार सिंहले ११ हजार १ सय २० मत पाएका छन्। 

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    महोत्तरी २ बाट शरतसिंह भण्डारी निर्वाचित , नौ पटक प्रतिस्पर्धा सातपटक जित
    images

     काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले सातौँपटक संसदको यात्रा तय गरेका छन्।  उनी महोत्तरी २ बाट निर्वाचित भएका छन् । 


    images
    images

    भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा।विजयकुमार सिंहले ११ हजार १ सय २० मत पाएका छन्। 


    भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

    २०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी(४ बाट निर्वाचित समेत निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी राजपाबाट महोत्तरी-२ बाट निर्वाचित भएका थिए ।

    भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन् । विगत गत ४० वर्षदेखि भण्डारी राजनीतिमा सक्रिय छन्। उनले पञ्चायत , राजतन्त्र र गणतन्त्रसहितका व्यवस्थामा महोत्तरीका जनताको प्रतिनिधित्व गर्ने अवसर उनले पाए। 

    यो निर्वाचनसहित ९ पटक महोत्तरीबाट उम्मेदवार बन्दा उनी ७ पटक निर्वाचित भइसकेका छन्। उनी २ पटक मात्रै पराजित भएका छन्। 

    भण्डारी पञ्चायती व्यवस्थाकै बेला २०३८ र २०४३ सालमा महोत्तरीबाट निर्वाचित भए। प्रजातन्त्र स्थापनापछि २०५१, २०५६, २०६४, २०७४ सालको संसदीय निर्वाचन पनि उनले जिते। २०४८ र २०७० सालमा मात्रै उनले पराजय व्यहोर्नु परेको थियो।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार