Sajha Post
संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित 
nepatop

काठमाडौं । संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गरे । 

कांग्रेसका खड्काले ३२१५८ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गौतमले २६७१९ मत ल्याए । खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन् । २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update