शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

बुटबलमा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नारावाजी

बुटबलमा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नारावाजी

थोरै मतान्तरसहित पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् । मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    बुटबलमा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नारावाजी
    images

    बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना फेरी सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नाराबाजी गरेका छन् । 


    images
    images

    उनीहरूले त्यहाँबाट उमेदवार रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नाराबाजी गरेका हुन् । मतगणनास्थल बुटवल उपमहानगरपालिकाको कार्यालयबाहिर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । 

    आयोगले मतपेटिकामा भएको मतपत्र संख्यालाई आधिकारिक मानेर मतगणना गर्न रुपन्देही–२ का निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । यहाँ आज बिहान ५ बजेदेखि मतगणना रोकिएको छ । 

    थोरै मतान्तरसहित पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् । मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार