Sajha Post
कालिकोटबाट माओवादीका महेन्द्र बहादुर शाही निर्वाचित 
nepatop

काठमाडौं । कालीकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महेन्द्रले एमाले उम्मेदवार नगीन्द्र शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका महेन्द्रले २४ हजार ४७४ मतका साथ निर्वाचित हुँदा एमाले नगीन्द्रले १६४१० मत मात्र पाए । निर्वाचित नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शाहीले कालिकोटबाट लगातार तीन पटक जितेर ह्याट्रिक गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update