बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित 

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित 

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट  नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित 
    images

     बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट  नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।


    images
    images

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । 
    पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

    यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार