बुधबार, वैशाख ५ गते २०८१
Logo
बुधबार, वैशाख ५ गते २०८१

सुनसरी २ मा एमालेका भीम आचार्यको जित सुनिश्चित 

सुनसरी २ मा एमालेका भीम आचार्यको जित सुनिश्चित 

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    सुनसरी २ मा एमालेका भीम आचार्यको जित सुनिश्चित 
    images

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।


    images
    images

    २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो । चार्यले ३० हजार ८९७ मत पाएका छन् भने कांग्रेसका निवर्तमान सांसद सिताराम मेहताले २५ हजार ४०४ र रास्वपाका लालविक्रम थापाले १८ हजार ७८५ मत पाएका छन् ।

    २०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा गएका थिए । अघिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किनेछन ।

    सुनसरीका क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा सदस्यमा पनि एमालेले जितेर गठबन्धनलाई क्लिनस्वीप गरेको छ । प्रदेश सभा १ बाट जिल्ला अध्यक्ष रेवती भण्डारी र २ बाट रामप्रसाद मेहता निर्वाचित भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार