शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 


    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।


     भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष  प्रचण्डको सचिवालयले जनाएको छ। 

    सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका थिए। 

    तर खास गरी माओवादीमा सोचेअनुसार परिणाम नआएको भन्दै असन्तुष्टि बढेको छ। 

    शुक्रबार गोरखा पुगेका प्रचण्डले सोचे जस्तो परिणाम नआएको भन्दै यसबारेमा गठबन्धनको बैठक तत्कालै बसेर समीक्षा गर्ने बताएका थिए।  प्रधानमन्त्री र प्रचण्डबीच  गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने समझदारी भएको छ । 

    यो निर्वाचनमा कांग्रेसले कम्तीमा पनि ६५ सिट र माओवादीले ४५ सिट जित्ने आँकलन थियो। 

    तर कांग्रेस ६०   र माओवादी १८ भन्दा तल रोकिने अवस्था छ। यसलाई लिएर नेताहरुबीच असन्तुष्टि बढेका बेला दुई नेताले भेट गरेका हुन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार