मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ बाट महिन्द्र यादव विजयी

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ बाट महिन्द्र यादव विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै लगातार तेस्रोपटक विजयी भएका हुन् । यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन् ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ बाट महिन्द्र यादव विजयी
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।


    images
    images

    नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै लगातार तेस्रोपटक विजयी भएका हुन् । यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन् ।

    सत्ता गठबन्धनतर्फका आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै अर्को दल लोसपाका उम्मेदवार महतोलाई २ हजार ११ मतान्तरले पराजित गरे  ।
    यहाँ जसपा– एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए । यादव यसअघि २०७० को निर्वाचनमा पनि महतोलाई पराजित गर्दै २ हजार ५ सय मतान्तरले विजयी भएका थिए ।प्रतिनिधिसभामा महतोविरुद्ध  यादवको यो दोस्रो जित हो । यादव र महतो दुवै गठबन्धनमै भए पनि मित्रवत प्रतिस्पर्धामा उत्रेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार