बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

विश्वकप फूटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरणको संभावना कायमै

विश्वकप फूटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरणको संभावना कायमै

काठमाडौं । कतारमा जारी विश्वकप फूटबलमा अर्जेन्टिनाले नकआउट चरण प्रवेश गर्ने संभावना कायमै राखेको छ । शनिवार राति भएको निकै महत्वपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई शून्यका विरुद्ध २ गोलले हरायो । जितसँगै उसको नकआउट चरण प्रवेशको संभावना बढेको छ ।

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    विश्वकप फूटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरणको संभावना कायमै
    images

    काठमाडौं । कतारमा जारी विश्वकप फूटबलमा अर्जेन्टिनाले नकआउट चरण प्रवेश गर्ने संभावना कायमै राखेको छ । शनिवार राति भएको निकै महत्वपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई शून्यका विरुद्ध २ गोलले हरायो । जितसँगै उसको नकआउट चरण प्रवेशको संभावना बढेको छ ।


    images
    images

    पहिलो खेलमा साउदी अरेबियासित हारेको अर्जेन्टिनाले मेक्सिकोमाति जित निकाल्यो । जित्नै दबाब रहेको खेलमा उसका लागि कप्तान लियोनेल मेस्सी र एन्जो फर्नान्डेजले गोल गरे ।  पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफ संभव भयो । 
    खेलको ६४ औँ मिनेटमा मेस्सीले गोल गरे। करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्।  मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरे ।
    जारी विश्वकपमा मेस्सीको यो दोस्रो गोल हो। यसअघि उनले साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोल गरेका थिए। 

      खेलको ८७ मिनेटमा एन्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । र, २ ० ले जित्यो । समूह सीमा पोल्याण्ड ४ अंक सहित पहिलो, अर्जेन्टिना ३ अंक सहित दोस्रो, साउदी अरेबिया तीन अंक सहित तेस्रो र मेक्सिको एक अंक सहित चौथो स्थानमा छ । अब अर्जेन्टिनाले पोल्याण्ड र मेक्सिकोले साउदीसँग खेल्नेछ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार