शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कैलालीमा कुटाकुट

जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कैलालीमा कुटाकुट

गए राति घोडाघोडी नगरपालिका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कैलालीमा कुटाकुट
    images

    धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कुटाकुट भएको छ । सँगै बसेर मदिरा सेवन गरेपछि जनप्रतिनिधि र सरकारी कर्मचारीबीच कुटाकुट भएको हो । 
    वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले  प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड समेत गरेका छन् ।


    images
    images

    गए राति घोडाघोडी नगरपालिका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

    मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले हानेर टेबुल फुटाइदिएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार