शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य 

माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेससँगको गठबन्धन गरेको सत्तारुढ दल माओवादी केन्द्रलाई  यो पटक गठबन्धन भने जस्ताे भएन। पाँचदलीय गठबन्धनको भागबण्डामा ४४ सिट पाएको माओवादीले अहिलेसम्म जम्मा १७ स्थानमा मात्र जित निकालेको छ ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य 
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेससँगको गठबन्धन गरेको सत्तारुढ दल माओवादी केन्द्रलाई  यो पटक गठबन्धन फापेन । पाँचदलीय गठबन्धनको भागबण्डामा ४४ सिट पाएको माओवादीले अहिलेसम्म जम्मा १७ स्थानमा मात्र जित निकालेको छ ।


    images
    images

    तीन स्थानमा मतगणना सुरु हुन  सकेको छैन । अहिलेसम्म १५६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुईवटा प्रदेशमा शून्य भएको छ।  मधेश र सुदूरपश्चिम प्रदेशमा प्रतिनिधित्वविहीन अर्थात शुन्य भएको छ । गठबन्धन गरेर प्रतिनिधिसभा तर्फ मधेश प्रदेशमा ८ जिल्लाका ३२ सिट मध्ये ६ ठाउँमा उम्मेदवारी दिएको माओवादीले एउटा पनि जित्न सकेन् ।  उसका दुई जना पदाधिकारी उपमहासचिव गिरिराजमणि पोखरेल र मात्रिका यादव पराजित भए । 

    मधेशका ८ जिल्लाका ३२ मध्ये ३१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । धनुषा क्षेत्र नम्बर ४ मा मतगणना सकिएको छैन। त्यहाँ कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। 

    पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्रले सिरहा ३ मा विश्वनाथ साह, धनुषा १ मा मातृकाप्रसाद यादव, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही ३ मा नरेन्द्र साह कलवार, र बारा २ मा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मेदवार बनाएको थियो । तर कसैले जित निकाल्न सकेनन् ।

    गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिन्हमा  महिन्द्र राय यादवले सर्लाही २ बाट एक सिट जितेका छन, तर उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।रौतहट ३ मा माओवादीले आफ्ना आधिकारिक उम्मेदवार रवीन्द्र पटेललाई कारवाही गरी एमाले छोडेको प्रभु साहलाई समर्थन गरेको थियो । र, उनले त्यहाँ चुनाव जितेका छन । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले मधेस प्रदेशका ५ वटा निर्वाचन क्षेत्रमा जितेकाे थियो । 

    अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा माओवादीले प्रतिनिधिसभामा ३ सिट जितेको थियो । तर यो पटक  गठबन्धन गरेको माओवादी प्रदेश मै  शून्य भयो । उसले प्रतिनिधिसभामा कैलाली २ र ३, कञ्चनपुर १ र बैतडीमा उम्मेदवारी दिएको थियो । 

    हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेबाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार