बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

कलाकार, जो चुनावमा फ्लप भए

कलाकार, जो चुनावमा फ्लप भए

काठमाडौं । यही मङ्सिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कलाकारहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    कलाकार, जो चुनावमा फ्लप भए
    images

    काठमाडौं । यही मङ्सिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कलाकारहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।


    images
    images

    तर सफलता पाउनेको सङ्ख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल वली दाङमा पराजित भइन् ।  नेकपा एमालेबाट दाङ ३ बाट उम्मेदवार बनेकी वली नेपाली कांग्रेसका दीपक गिरीले पराजित भइन् । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ ३ मा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भइन् । त्यहाँ कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । 

    काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका चलचित्र निर्देशक तथा समीक्षक मनोज पण्डितले एक सय ७३ मत मात्र प्राप्त गरे । 

    काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले पाँच सय ७७ मत मात्र प्राप्त गरे । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भए । 

    काठमाडौ १ को प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी, (लोसपा) बाट उम्मेदवारी दिएका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत मात्र  पाए । 

    यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार व्यहोर्नु पर्यो । 

    तर प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यतर्फ धादिङ १ को (१) बाट उम्मेदवारी दिएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित भएका छन् । 

    समानुपातिक सूचीमा चलचित्रकर्मी

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष झैं समानुपातिकमा समेत फिल्मकर्मी छन् । सिरहाबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालसँगै बलिउडमा समेत अभिनय गरेका प्रसिद्ध अभिनेता तथा गायक एवं सङ्गीतकार मुरलीधर (मुरली मिझार) उम्मेदवार छन् । 

    मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार छन् । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार हुनुहुन्छ । 

    कालोपोथी निर्देशन गरेर चर्चा कमाएका चलचित्र निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार छन् । उनको नाम मुगुबाट खसआर्य तर्फ राखिएको छ । 

    फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मुस्लिम खुला तर्फको समानुपातिक उम्मेदवार छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार