शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

समानुपातिकमा एमालेले २५ लाख भोट कटायो 

समानुपातिकमा एमालेले २५ लाख भोट कटायो 

साझा पोष्ट
आइतबार, मंसिर ११ २०७९
  • images
    समानुपातिकमा एमालेले २५ लाख भोट कटायो 
    images

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ २५ लाख मत कटाएको छ। 


    images
    images


    निर्वाचन आयोगले मध्यराति अद्यावधीक गरेको नतिजाअनुसार एमालेले समानुपातिकतर्फ २५ लाख मत कटाएको हो। एमालेले मत २५ लाख ६१० मत पाएको छ ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस एमालेभन्दा १ लाख २८ हजार मतले पछि परेको छ।

    आयोगको वेवसाइटमा राखिए अनुसार कांग्रेसले अहिलेसम्म २३ लाख ७२ हजार ४४६ मत पाएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १० लाख ५५ हजार २० र चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको मत १० लाख ४४ हजार ६३५ छ।

    ५ लाख ४२ हजार ३०६ मत पाएर राप्रपा पाँचौं र   ३ लाख १३ हजार ५२२ मतका साथ जनता समाजवादी पार्टीले पछ्याइरहेको छ।जनमत पार्टीले अहिलेसम्म २ लाख ४९ हजार ८८४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४६ हजार १३६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३४ हजार १०५ मत पाएका छन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार