बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम प्रयास गर्ने 

बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम प्रयास गर्ने 

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम प्रयास गर्ने 
    images

    बुटबल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वको लागि अधिकतम प्रयास गर्ने बताएका छन्।


    images
    images

    रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि  बिहान बुटवलमा भएको पत्रकार सम्मेलनमा पौडेलले एमालेको नेतृत्वबिना मुलुकले सही निकास पाउन नसक्ने दाबी गरे । 

    एमालेले बहुमत नपाए पनि मुलुकको विकास, समृद्धि र सहि निकासको लागि सरकारको नेतृत्व गर्नु पर्ने उनको भनाइ थियो । पौडेलले भने, ‘एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन, मुलुकको सहि निकासको लागि एमालेले सरकारको नेतृत्वको अधिकतम प्रयास गर्छ ।’ 

    उपाध्यक्ष पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताए। राजनीतिक स्थायित्वको लागि कुनै पनि दलको बहुमत आउनुपर्ने भए पनि अहिलेको जनमतले राजनीतिक स्थायित्वप्रति आशंका उब्जाएको उनको भनाइ थियो । उनले सरकारको नेतृत्व एमालेले गर्ने अवसर पाएमा अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार