बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सत्ता गठबन्धनले कुरिरहेको एउटा नतिजा: नेकपा एसले थ्रेसहोल्ड कटाउँदा बहुमतको सरकार बनाउन सहज

सत्ता गठबन्धनले कुरिरहेको एउटा नतिजा: नेकपा एसले थ्रेसहोल्ड कटाउँदा बहुमतको सरकार बनाउन सहज

सुनिश्चितताका लागि साना दल फकाउँदै

काठमाडौं । अहिलेको सत्ता गठबन्धनले आगामी सरकार बनाउनका लागि कसरत थालेको छ । उसले बहुमन पुर्याउने निश्चित नभएकाले केही साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न छलफल थालेको हो ।

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    सत्ता गठबन्धनले कुरिरहेको एउटा नतिजा: नेकपा एसले थ्रेसहोल्ड कटाउँदा बहुमतको सरकार बनाउन सहज
    images

    काठमाडौं । अहिलेको सत्ता गठबन्धनले आगामी सरकार बनाउनका लागि कसरत थालेको छ । उसले बहुमन पुर्याउने निश्चित नभएकाले केही साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न छलफल थालेको हो ।


    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्षमा चार सिट जितेको (एक स्वतन्त्र भएपनि उनी रेशम चौधरीका बुवा हुन्, जो प्राविधिक कारणले मात्र स्वतन्त्र भएका हुन्) नागरिक उन्मुक्ति पार्टीका हाल जेलमा रहेका नेता रेशम चौधरीसँग छलफल गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि प्रचण्डले चौधरीलाई भेटेका हुन् । 

    भेटमा प्रचण्डले चौधरीको पार्टीलाई सरकारमा सहभागि हुन आग्रह गरेका छन् । जवाफमा चौधरीले त्यसका लागि केही सर्त राखेको श्रोतले जनाएको छ । डिल्ली बजारमा करिब एक घन्टा भएको छलफलमा प्रचण्डको जवाफमा चौधरीले टीकापुर घटनाका आरोपीको रिहाइ, ५८ जनामाथि लागेको राजनीतिक  मुद्दाको खारेजी र त्यस घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने सर्त राखेको श्रोतले जनाएको छ । जवाफमा प्रचण्डले यस विषयमा गठबन्धनमा छलफल गर्ने बताएका छन् । 

    सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताले भावी सरकार गठनको बहुमत सुनिश्चित गर्न स्वतन्त्र सांसदसँग पनि संवाद थालेका छन् । बहुमतका लागि केही सिट अपुग भएमा स्वतन्त्र सांसदलाई सहभागि गराएर भएपनि सरकार बनाउने सत्ता गठबन्धनको तयारी छ । त्यसका लागि दुई सिट जितेको प्रभु साह समुहलाई फकाउने प्रयास जारी छ । 

    दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ जना सांसद चाहिन्छ ।  तर सत्तारूढ गठबन्धन बहुमततर्फ उन्मुख भए पनि अहिलेसम्मको परिणाममा बहुमत सुनिश्चित भइसकेको छैन । 

    प्राप्त मतको हिसाव
    हालसम्म कांग्रेस ५३ क्षेत्रमा निर्वाचित भएको छ भने दुई क्षेत्रमा अगाडि छ । माओवादी १७ र एकीकृत समाजवादी १० क्षेत्रमा निर्वािचत भएको छ । लोसपाका उम्मेदवार चार र जनमोर्चा एक क्षेत्रमा निर्वाचित भएका छन् । 

    तीन स्थान (दोलखा, स्याङजा २ र बझाङ) मा अझैसम्म मतगणना सुरु नै भएको छैन । यसरी अग्रतासहित जोड्दा सत्ता गठबन्धनको प्रत्यक्षमा ८७ सिट हुन्छ । गणना नभएको तीनमध्य गठबन्धनले दुई सिट जितेपनि ऊसँग ८९ सिट हुन्छ । 

    हालसम्म प्राप्त समानुपातिक मतगणनाअनुसार कांग्रेसले कम्तीमा ३० देखि ३२ र माओवादीले कम्तीमा १२–१४ सिट जित्ने देखिन्छ । गठबन्धनमा रहेका एकीकृत समाजवादी र लोसपाले थ्रेसहोल्ड कटाउने–नकटाउने निश्चित छैन । यो समाचार तयार पार्दासम्म ९३ लाख ५ हजार ७६६ मत गणना हुँदा नेकपा एसले २ लाख ५२ हजार २७ मत र लोसपाले १ लाख २७ हजार ९१८ मत पाएको छ । 

    यी दुई दलले थ्रेसहोल्ड कटाउँदा सत्ता गठबन्धनलाई आरामले बुहमत पुग्छ । तर लोसपाले थ्रेसहोल्ड कटाउन कठिन भए पनि नेकपा एसको सम्भावना कायमै छ । नकटाउँदा गठबन्धनलाई बहुमतका लागि तीन चार सिट अपुग हुने देखिन्छ ।

    त्यसैले सरकार गठनमा कठिन अंकगणित नहोस् भनेर गठबन्धनका शीर्ष नेताले चार सिट जितेको नागरिक उन्मुक्ति पार्टी र दुई सिट जितेको प्रभु साह समूहसँग संवाद थालेका हुन् । यसबाहेक कांग्रेसमा टिकट नपाएपछि स्वतन्त्रबाटै चुनाव जितेका अमरेशकुमार सिंह पनि गठबन्धनका केही नेतासँग सम्पर्कमा छन् । यी सबै सहकार्यका लागि तयार भए गठबन्धनमा थप सात सांसद जोडिन्छ । जसले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिन सहज देखिन्छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार