बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

फिफा विश्वकप : आज पनि चार खेल, ब्राजिल र पोर्चुगल दोस्रो जितको खोजिमा

फिफा विश्वकप : आज पनि चार खेल, ब्राजिल र पोर्चुगल दोस्रो जितको खोजिमा

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    फिफा विश्वकप : आज पनि चार खेल, ब्राजिल र पोर्चुगल दोस्रो जितको खोजिमा
    images

    काठमाडौं । कतार विश्वकप फुटबलमा  आज पनि चार खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।


    images
    images

    पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया दुबै पहिलो जितको खोजीमा हुनेछन् । यी दुई टिमबीचको खेल अल जानौबी स्टेडियममा दिउँसो ३ः४५ मा हुनेछ । 

    सर्बिया पहिलो खेलमा ब्राजिलसँग २-० गोल अन्तरमा पराजित भएको थियो भने क्यामरुन पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले  पराजित भएको थियो ।

    दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली पनि पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा साँझ ६ः४५ मा खेल्ने छन् । 

    घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको थियो । 

    तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा राति ९ः४५ मा खेल्ने छन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।

    त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ मा सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ ।  उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ  । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार