बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

दोलखाका १० केन्द्रको मतदान मंसिर १५ गते हुने 

दोलखाका १० केन्द्रको मतदान मंसिर १५ गते हुने 

काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तय गरेको हो ।

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    दोलखाका १० केन्द्रको मतदान मंसिर १५ गते हुने 
    images

    काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तय गरेको हो ।


    images
    images

    बिहान बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मङ्सिर ४ मा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन मतदानका लागि निवेदन दिएका थिए ।

    आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

    सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क, ख र गमा पुनः मतदान हुने भएको हो । त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।

    ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार