शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल

प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल

मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चासो बढेको छ । यसअघि गत शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाल भित्रिएका थिए । 

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल
    images

    काठमाडौं । सम्भावित सत्ता समिकरणबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका नेताहरु आन्तरिक परामर्श गरेका छन् । 


    images
    images

    बिहान प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

    उनीहरुबीच वर्तमान सत्ता गठबन्धन भित्रैबाट सरकार बनाउने विषयमा छलफल भएको बुझिएको छ । प्रतिनिधिसभा निर्वाचनको केही सिटको परिणाम आउन बाँकी रहेको छ। 

    मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चासो बढेको छ । यसअघि गत शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाल भित्रिएका थिए । 

    यसअघि विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वर पुगेर आग्रह गरेका थिए भने हिजो साँझ कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 


     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार