बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

समानुपातिक मत गणनामा माओवादी र रास्वपाबीच रोचक प्रतिष्पर्धा, घण्टी फेरी पछि पर्यो 

समानुपातिक मत गणनामा माओवादी र रास्वपाबीच रोचक प्रतिष्पर्धा, घण्टी फेरी पछि पर्यो 

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    समानुपातिक मत गणनामा माओवादी र रास्वपाबीच रोचक प्रतिष्पर्धा, घण्टी फेरी पछि पर्यो 
    images

    काठमाडौं । प्रतिनिधि सभा तर्फको मतगणनामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच रोचक प्रतिष्पर्धा चलिरहेको छ । केहीबेर अघिसम्म पछि परेको माओवादीले फेरी स्वतन्त्र पार्टीलाई पछि पारेको छ । 


    images
    images

    एमाले पहिलो स्थानमा यथावत छ भने नेपाली कांग्रेसले पच्छ्याइरहेको छ । ९३ लाख ८ हजार १६४ मत गणना हुँदा माओवादीले १० लाख ६४ हजार १५२ मत पाएको छ भने १० लाख ६३ हजार ८३१ मतका साथ स्वतन्त्र पार्टीले पच्छ्याइरहेको छ ।

    एमालेले अहिलेसम्म २५ लाख ३४ हजार ४४४ मत पाएर पहिलो स्थानमा छ भने कांग्रेसले २४ लाख ३०७ मत पाएको छ । 
    पाँचौं नम्बरमा रहेको राप्रपाले ५ लाख ४५ हजार ६९०, छैटौं नम्बरको जसपाले ३ लाख २६ हजार ४१८, सातौं नम्बरको जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत पाएको छ । 

    सरकार गठनमा निर्णायक हुने हिसावले चासोका साथ हेरिएको एकीकृत समाजवादीले २ लाख ५२ हजार १५५ मत पाएर आठौं नम्बरमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार