बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन
    images

    एजेन्सी । विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ । हिजो मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।


    images
    images

    कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

    यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको बीबीसीले जनाएको छ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार