शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

पाँच महिनापछि सुरुङमा हालियो मेलम्चीको पानी, अर्को हप्ता काठमाडौंवासीले पिउन पाउने

पाँच महिनापछि सुरुङमा हालियो मेलम्चीको पानी, अर्को हप्ता काठमाडौंवासीले पिउन पाउने

यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गएको असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । 

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    पाँच महिनापछि सुरुङमा हालियो मेलम्चीको पानी, अर्को हप्ता काठमाडौंवासीले पिउन पाउने
    images

    काठमाण्डौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।


    images
    images

    असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाण्डौको सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनले बताए । 

    आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी उपत्यकाका ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । 

    यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गएको असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । 

    २०७७ चैतमा मेलम्चीको पानी अस्थायीरुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार