मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा

ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा

काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेका छन । गएराति भएको खेलमा ब्राजिलले स्वीट्जरल्याण्ड र पोर्चुगलले उरुग्वेलाई हराउँदै नकआउट चरण प्रवेश गरेका हुन ।

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा
    images

    काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेका छन ।


    images
    images

    गएराति भएको खेलमा ब्राजिलले स्वीट्जरल्याण्ड र पोर्चुगलले उरुग्वेलाई हराउँदै नकआउट चरण प्रवेश गरेका हुन ।

    समूह एचको पोर्चुगलले नकआउट चरण प्रवेश गर्ने क्रममा दुई पटकको विजेता उरुग्वेलाई २-० ले हरायो । उसको जितमा दुबै गोल ब्रुनो फर्नाण्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई  जित दिलाए ।

    पोर्चुगलले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । पोर्चुगल शीर्ष स्थानमा  छ ।उरुग्वे १ अंक जोडेर पुछारमा  छ । यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

    यस्तै समूह जी अन्तर्गतको खेलमा पाँच पटकको विजेता ब्राजिलले स्वीट्जरल्याण्डमाथि संघर्षपूर्ण १ ० को जित निकालेर नकआउट चरणमा पुग्यो । 

    kasimiro1669693144.jpg
    ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे ।त्यसअघि ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।तर, भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ । स्विट्जरल्यान्ड २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार