शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

सुकुम्बासी बस्ती हटाउन सरकारको सहयोग माग्न बालेन पुगे बालुवाटार

सुकुम्बासी बस्ती हटाउन सरकारको सहयोग माग्न बालेन पुगे बालुवाटार

बागमती नदी किनार थापाथलीमा बसोबास गरिरहेका सुकुम्बासी बस्ती हटाउन महानगरको डोजर पुगेपछि स्थानीयले अवरोध गरेका थिए । सुकुम्बासीहरु टायर बालेर घरेलु हतियारसहित प्रदर्शनमा उत्रेपछि महानगरले बस्ती हटाउन सकेन । त्यसपछि सरकारको सहयोग माग्न मेयर बालेन बालुवाटार पुगेका हुन् । 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    सुकुम्बासी बस्ती हटाउन सरकारको सहयोग माग्न बालेन पुगे बालुवाटार
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । 


    images
    images

    प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर बालेन्द्रले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउनेबारे छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनुसार अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ। 

    ‘सरकारले महानगरलाइ अहिलेसम्म अनधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बद्ध निकाय किन मौन ? सो को जानकारी लिन मेयर ज्यू प्रधानमन्त्रीलाई भेट्न बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर फेसबुकमा राख्दै शाहले भनेका छन्। 
    Capture1669701488.JPG

    बागमती नदी किनार थापाथलीमा बसोबास गरिरहेका सुकुम्बासी बस्ती हटाउन महानगरको डोजर पुगेपछि स्थानीयले अवरोध गरेका थिए । सुकुम्बासीहरु टायर बालेर घरेलु हतियारसहित प्रदर्शनमा उत्रेपछि महानगरले बस्ती हटाउन सकेन । त्यसपछि सरकारको सहयोग माग्न मेयर बालेन बालुवाटार पुगेका हुन् । 

    thapathali-dozar_11_DwtObcIqh71669631333.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार