शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

सर्वोच्च अदालत अघि रातो रंग छ्यापेर अनौठो प्रदर्शन (भिडियो/फोटो)

सर्वोच्च अदालत अघि रातो रंग छ्यापेर अनौठो प्रदर्शन (भिडियो/फोटो)

शरीरमा पुरै सेतो कपडा लगाएकी यादवले बिहान १० बजे सर्वोच्च अदालतको गेट अगाडि ट्याक्सीबाट ओर्लेर प्रहरीले सोधपुछ गर्न खोज्दा पनि केही नबोली गाडीबाट एउटा बट्टा निकालिन् र सरासर सर्वोच्चको गेटतर्फ अघि बढिन् । त्यसपछि उनले प्रहरीको अवरोधबीच बट्टामा रहेको रातो रंग घोलिएको पानी सर्वोच्चको गेटमा ताकेर फ्याकेकी हुन । 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    सर्वोच्च अदालत अघि रातो रंग छ्यापेर अनौठो प्रदर्शन (भिडियो/फोटो)
    images

    काठमाडौं । आफूले न्याय नपाएको भन्दै सिरहाकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा रङ फ्याँक्दै अनौठो तरिकाले विरोध गरेकी छन् । श्रीमान्‌ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।


    images
    images

    arrest2_WZdD06hDTp1669704831.jpg

    शरीरमा पुरै सेतो कपडा लगाएकी यादवले बिहान १० बजे सर्वोच्च अदालतको गेट अगाडि ट्याक्सीबाट ओर्लेर प्रहरीले सोधपुछ गर्न खोज्दा पनि केही नबोली गाडीबाट एउटा बट्टा निकालिन् र सरासर सर्वोच्चको गेटतर्फ अघि बढिन् । त्यसपछि उनले प्रहरीको अवरोधबीच बट्टामा रहेको रातो रंग घोलिएको पानी सर्वोच्चको गेटमा ताकेर फ्याकेकी हुन । 

    thumb (3)1669704835.jpg

    आफूलाई श्रीमान्‌को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

    thumb (1)1669704834.jpg

    त्यसअघि रामेछाप जिल्ला अदालतको इजलासमै बिनुले विष पिएर आत्महत्याको प्रयास गरेकी थिइन् । आफूलाघ ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    thumb (4)1669704835.jpg

     

    thumb (2)1669704835.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार