बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

४ वटा वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाही गर्‍यो 

४ वटा वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाही गर्‍यो 

एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी फेरी स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्था निर्देशनमा रहेको छ ।

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    ४ वटा वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाही गर्‍यो 
    images

    काठमाडौं । नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जाको प्रिमियम बढाउने हिमालयन बैंक, सनराइज बैंक , ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । 


    images
    images

    एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी फेरी स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्था निर्देशनमा रहेको छ । तर, यस्तो व्यवस्थाको वेवास्ता गर्दै कर्जाको प्रिमियम घट बढ गरेको पाइएकाले नेपाल राष्ट्र बैंकले पहिलो पटक बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गराउने सनराइज बैंक, कर्जाको नियमित नवीकरण, नोक्सान व्यवस्थापन र निरन्तर कर्जा भुक्तानीको सीमा बढाउने मेगा बैंकलाई बैंकले सचेत गराएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार