शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

बालेन शाहको एक्शनप्रति ओलीको टिप्पणी : फुसका छाप्रा भत्काउन डोजर !

बालेन शाहको एक्शनप्रति ओलीको टिप्पणी : फुसका छाप्रा भत्काउन डोजर !

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    बालेन शाहको एक्शनप्रति ओलीको टिप्पणी : फुसका छाप्रा भत्काउन डोजर !
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाएका छन्। 


    images
    images

    पार्टी निकट सांस्कृतिक संगठनले आयोजना गरेको बधाइ कार्यक्रममा बोल्दै ओलीले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर प्रश्न गरे । ‘डोजर लिएर जाने भए आयोग किन बनाएको ? आयोगका पदाधिकारीलाई किन तनखा खुवाएको ? भनेर प्रश्न गर्दै ओलीले भने, ‘१५–२० वटा डोजर किनेको भए भइहाल्थ्यो नि !’

    उनले आफ्नो नेतृत्वको सरकारले आयोग गठन गरेर काम गर्न लाग्दा हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘फुसका छाप्रा भत्काउन डोजर ! कुनै पक्की बिल्डिङ भत्काउन हो र !’ ओलीले भने, ‘त्यहाँ को छन् र चिसामा बसेका बालबालिका,वृद्धवृद्धा,असक्त छन् । तिनैलाई पराजित गर्न गएको होला सरकार, गठबन्धन सरकारको उन्माद बढ्दै गएको छ।’

    ओलीले एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको समेत आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे उनको दावी थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार