बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

देउवा र पौडेललाई प्रस्तावक राखेर गगनलाई प्रधानमन्त्री बनाउन अभियान शुरु गर्छु: विश्वप्रकाश

देउवा र पौडेललाई प्रस्तावक राखेर गगनलाई प्रधानमन्त्री बनाउन अभियान शुरु गर्छु: विश्वप्रकाश

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    देउवा र पौडेललाई प्रस्तावक राखेर गगनलाई प्रधानमन्त्री बनाउन अभियान शुरु गर्छु: विश्वप्रकाश
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन्।


    images
    images

    मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन्। झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर प्रधानमन्त्री बन्ने शुभकामना  दिए ।  उनले आफू थापालाई सांसद भएकोमा बधाई दिन मात्रै नभई  प्रधानमन्त्री बनाउने अभियान शुरु गर्न आएको बताए। 


    महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै उनले अब देशको आवश्यकता बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए । गगनलाई प्रधानमन्त्री बनाउने कुरा अहिले देशको आवाज भएको उनले टिप्पणी गरे । 

    ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ। कहीँ मानिसहरुको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ। र एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ। उनले भने, 'म  गगन थापालाई तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन। सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक। मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो। अब देशको आवाज, आवश्यकता के हो ? त्यो आवश्यकता बुझेर तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडि बढ्नुस् भन्न आएको हो। त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियान शुरु गर्नलाई पनि म आएको हो।’

    उनले पाका नेताहरुलाई सम्मान गर्दै उनीहरुको विश्वास लिएर युवाले देशको नेतृत्व गर्ने पनि बताए। 


    ‘सबै नेतृत्व पंक्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणीय हुनुहुन्छ। सबै पाका नेताहरु जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ। लोकतन्त्रका लागि योगदान गर्नुभएको छ’ उनले भने, ‘उहाँहरु सबैलाई सम्मान गर्दै, उहाँहरु सबैको विश्वास लिएर,समर्थन लिएर, उहाँहरु कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महशुस नगराइकन उहाँहरुले हाँकेर आएको देश र कांग्रेसलाई अझ दृढताका साथ हाँक्ने उद्देश्यका साथ छौँ।’

    महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडि बढाउने र पाका नेताहरुको समर्थन र विश्वास लिने बताए । उनले गगनलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई  प्रस्तावक बनाउने वातावरणका लागि आफू लागी पर्ने बताए । 

    'प्रस्तावक म बन्ने कुरा ठूलो होईन, त्यो त मैले निर्वाचनकै क्रममा भनिसकेको छ कागजमा विश्वप्रकाश प्रस्तावक लेख्ने कुरा सामान्य हो त्यो त म छँदैछु ।' उनले भने,' प्रस्तावकका रुपमा शेरबहादुर देउवाको नाम लेख्न सक्ने परिस्थिति बनाउनु मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । मेरो प्रयत्न रहन्छ ।'
    गगन थापालाई संसदीय दलको नेता बनाउन बहुमत पुग्छ र भनेर उठिरेहको प्रश्नमा उनले त्यो टेक्निकल विषय भएको र सांसदहरुले विवेक प्रयो गर्ने बताए । 
    'बहुमत टेक्निकल कुरो, सा‍सदहरुको विवकेल दलकाे नेता छन्छ । विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्ने कुरा हो । ' उनले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार