शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का चौथो पटक निर्वाचित 

उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का चौथो पटक निर्वाचित 

उदयपुर–१ बाट चौथो पटक विजयी  परराष्ट्रमन्त्री खड्कालाई यहाँ माओ‌वादी लगायत गठबन्धनका दलको साथ थियो भने चौधरी एक्लै मैदानमा थिइन्।  २०७४ मा पनि उनले वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ चौधरीलाई ५ सय ४७ मतान्तरले हराएका थिए। खड्काले यसअघि ०६४, ०७० र ०७४ को चुनाव जितेका थिए। 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का चौथो पटक निर्वाचित 
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।  


    images
    images

    उनले नेकपा एमालेकी प्रतिस्पर्धी मञ्जु चौधरीलाई २ हजार ३७९ मतले हराएका हुन्।  यो उनको चौथो विजय हो । 

    खड्काले ३१ हजार २७० मत ल्याए भने चौधरीले २८ हजार ८९१ मत ल्याएकी छन्।

    यसअघि गनिएको एक सय मतलाई बदर गर्दै सोमबार साँझबाट मतगणना अघि बढ्दा खड्काले निरन्तर अग्रता बनाउँदै जित निकाले। 

    उदयपुर–१ बाट चौथो पटक विजयी  परराष्ट्रमन्त्री खड्कालाई यहाँ माओ‌वादी लगायत गठबन्धनका दलको साथ थियो भने चौधरी एक्लै मैदानमा थिइन्। 

    २०७४ मा पनि उनले वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ चौधरीलाई ५ सय ४७ मतान्तरले हराएका थिए। खड्काले यसअघि ०६४, ०७० र ०७४ को चुनाव जितेका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार