शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकपको नकआउट चरणमा 

समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकपको नकआउट चरणमा 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकपको नकआउट चरणमा 
    images

    काठमाडौं । नेदरल्याण्ड्स समूह ए को विजेता बन्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति कतारलाई २–० ले पराजित गर्दै नेदरल्याड्स नकआउट चरण प्रवेश गरेको हो । 


    images
    images


    नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरे। खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो। डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोलीमाथि सहज जित हात पार्‍यो। 


    यसअघि उसले पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो। इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो। 

    ९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ। यसअघि नै तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन। १९७४ मा जर्मनीसँग पराजित भएको नेदरल्याण्ड्स लगातार अर्को विश्वकपमा फाइनल पुगे पनि अर्जेन्टिनासँग हारेको थियो । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार