शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

स्याङजा २ र बाजुराको मतगणना विवादमा आयुक्तहरु कै मत बाझियो, आज पनि बैठक

स्याङजा २ र बाजुराको मतगणना विवादमा आयुक्तहरु कै मत बाझियो, आज पनि बैठक

साझा पोष्ट
बुधबार, मंसिर १४ २०७९
  • images
    स्याङजा २ र बाजुराको मतगणना विवादमा आयुक्तहरु कै मत बाझियो, आज पनि बैठक
    images

    काठमाडौं । मतदान भएको १० दिन बितिसक्दा पनि गणना सुरु हुन नसकेको स्याङ्जा २ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा निर्वाचन आयोग नै अनिर्णीत बनेको छ ।


    images
    images

    विवादित दोलखामा बुथ कब्जा भएका सात र मतपत्रको अधकट्टी हराएको तीन केन्द्रमा पुनः मतदानको निर्णय गरेको आयोग स्याङ्जा २ र बाजुरामा भने अनिर्णीत बनेको हो । 

    हिजो पाँच घन्टासम्म बसेको बैठकमा आयुक्तहरूबीच राय बाझिँदा निर्णय हुन सकेन । बैठकको सुरुवातमा स्याङ्जा २ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो ।

    प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन । वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो । 

    निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरू बाँडिएका थिए । आयुक्तहरूले वस्तुस्थिति समेटिएको स्याङ्जा २ र बाजुराको प्रतिवेदन अध्ययन गर्दै राय राखेका थिए । केही आयुक्तले स्याङ्जामा मरेका मान्छेले पनि भोट हालेको भन्ने आएकाले त्यस्तो मतलाई कसरी सदर मान्न सकिन्छ भनेर तर्क गरेका थिए ।

    केही आयुक्तले भने मतपेटिका उठाउँदासम्म दलहरूकै सहमतिमा प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको, मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । 

    दुवै प्रतिवेदनमा आयुक्तहरूको मत बाझिएपछि प्रमुख आयुक्त दिनेश थपलियाले बैठक स्थगित गरेका थिए । राति साढे ९ बजेसम्म पनि सहमति नजुटेपछि उनले कानुन शाखालाई प्रतिवेदन थप अध्ययन गर्न दिने र बिहान ११ बजे बैठक बसेर निर्णय गर्ने भन्दै स्थगित गरेका हुन् । 

    आयोगका अनुसार स्याङ्जा २ र बाजुराका मुख्य निर्वाचन अधिकृतले मतदानका क्रममा कुनै समस्या नभएको प्रतिवेदन आयोगमा पठाएका थिए । पछि दलहरूबाट धाँधली भएको कुरा उठेको जानकारी गराएका थिए ।

    बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुढीनन्दामा स्थगितबाहेक अरू ठाउँमा शान्तिपूर्ण मतदान भएको, दलहरूकै रोहवरमा मतपेटिका संकलन भएको र गणनामा सहमति हुन नसकेको, एमालेले १७ र कांग्रेसले १५ मतदान केन्द्रमा पुनः मतदान मागेको वस्तुस्थिति अवगत गराउँदै आयोगले आवश्यक ठानेमा जाँचबुझ गर्न सक्ने विकल्पसहित प्रतिवेदन पेस गरेको थियो ।

    स्याङ्जा २ र बाजुराको हकमा प्रमुख दलहरू पनि विभाजित छन् । एमालेले यहाँका विवादित केन्द्रमा पुनः मतदानको माग गरेको छ भने कांग्रेसले मतगणना थाल्न आयोगको ध्यानाकर्षण गराएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार