इरानलाई हराउँदै अमेरिका विश्वकपको नकआउट चरणमा

काठमाडौं । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको जितमा ३८ औं मिनेटमा गो क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । जितसँगै अमेरिका समूह 'बी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो ।इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय