Sajha Post
समानुपातिक तर्फ १ करोड मत गनियो, एमालेले पायो झण्डै २७ लाख

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत समानुपातिक तर्फ १ करोड मत गणना भएको छ ।  आयोगको वेबसाइटमा प्रविष्ट भएको तथ्याकं अनुसार हालसम्म १ करोड ८ हजार ३ सय २ मतगणना भएको आयोगले जनाएको छ। 

समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ। दोस्रोमा रहेकाे कांग्रेसले २५ लाख ५३ हजार ९४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ८९४ मत  सहित तेस्रोमा छ । 
माओवादीको पछि  राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत ल्याएको छ। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५९ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ र जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत पाएको छ । 
नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार २ सय ६२ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ मत प्राप्त गरेको छ। थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। जसका लागि यी दुई दलले संघर्ष गरिरहेका छन । 

आयोगका अनुसार कूल  १ करोड ९ लाख ७० हजार मत खसेको थियो । अहिलेसम्मको अनुमान अनुसार ३ लाख मत बदर भएको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update