शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन प्राधिकरणको ३५ दिने अल्टिमेटम

जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन प्राधिकरणको ३५ दिने अल्टिमेटम

प्राधिकरणले आज सूचना जारी गरेर ३५ दिनभित्र सबै अनधिकृत संरचना हटाउन भनेको हो । काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोला किनारमा मापदण्ड विपरित अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।

साझा पोष्ट
बुधबार, मंसिर १४ २०७९
  • images
    जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन प्राधिकरणको ३५ दिने अल्टिमेटम
    images

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । 


    images
    images

    प्राधिकरणले आज सूचना जारी गरेर ३५ दिनभित्र सबै अनधिकृत संरचना हटाउन भनेको हो । काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोला किनारमा मापदण्ड विपरित अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।

    ३५ दिनभित्र अवैध संरचना आफैं नहटाए प्राधिकरणले हटाउने चेतावनी दिइएको छ । त्यसरी हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ ।

    Notice-11669782401.jpg

    जग्गा अतिक्रमण गरेर थापाथलीको नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने विषयमा ठूलो बिवाद र बिरोध भएपछि प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार