बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

नयाँ पार्टी ठूला तीन दलको ९ लाख मत चोर्न सफल, नयाँ मतदाताले नयाँ दल रोजे, समानुपातिकमा धेरै मत कांग्रेसको घट्यो

नयाँ पार्टी ठूला तीन दलको ९ लाख मत चोर्न सफल, नयाँ मतदाताले नयाँ दल रोजे, समानुपातिकमा धेरै मत कांग्रेसको घट्यो

पहिलो पटक भोट हालेका मतदाताले नयाँ दल रोजे

काठमाडौं । प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । १ करोड ९ लाख ७० हजार मत खसेकोमा  अहिलेसम्मको मतगणना अनुसार १ करोड ४ लाख ४२ हजार १२५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । 

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    नयाँ पार्टी ठूला तीन दलको ९ लाख मत चोर्न सफल, नयाँ मतदाताले नयाँ दल रोजे, समानुपातिकमा धेरै मत कांग्रेसको घट्यो
    images

    काठमाडौं । प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । १ करोड ९ लाख ७० हजार मत खसेकोमा  अहिलेसम्मको मतगणना अनुसार १ करोड ४ लाख ४२ हजार १२५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । 


    images
    images

    अहिलेसम्म प्राप्त मतका आधारमा मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिक मत विगतको चुनावमा पाएको भन्दा यो पटक घटेको छ । 

    समानुपातिकतर्फ अब ५ लाख २७ हजार मत मात्र गणना गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म २७ लाख ८८ हजार ३५६ मत पाएर एमाले पहिलो स्थानमा छ । तर २०७४ को निर्वाचनमा एमाले ३१ लाख ७३ हजार ४९४ मत मत ल्याएको थियो । एमालेको अहिले ३ लाख ८५ हजार १३८ मत घटेको छ । 

    यो पटक अहिलेसम्म २६ लाख ६० हजार २४६ मतका साथ दोस्रो स्थानमा रहेको कांग्रेसले २०७४ मा प्रत्यक्षतर्फ तेस्रो भए पनि समानुपातिकमा दोस्रो दल भएको थियो। उसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो। एमालेले कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी पाएको थियो । अहिले कांग्रेसको ४ लाख ६८ हजार १४३ मत घटेको छ । 

    यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले त्यति बेला १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो । अहिले ११ लाख ६२ हजार १२४ मत पाएर तेस्रो स्थानमा एथावत छ । उसको अहिलेसम्म १ लाख ४१ हजार ५९७ मत घटेको छ । यो हिसावले सबैभन्दा धेरै समानुपातिक मत कांग्रेसको घटेको देखिएको छ । 

    तीन दलबाट घटेको ९ लाख १४ हजार ८७८ मत चोर्न नयाँ दल र राप्रपा सफल भएका छन् । ठूला दलबाट घटेको मत राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले चोर्न सफल भएका छन् भने राप्रपाले उल्लेख्य रुपमा बढाएको छ । पहिलो पटक मतदान गरेका १७ लाख ५६ हजार मतदाताको भोट पनि नयाँ दलले नै पाएका छन् ।

    यसरी पुराना दलको मत चोर्दा र नयाँ मतदाताको मत पाउँदा नयाँ दल स्तवन्त्र पार्टी, जनमत पार्टी र नागरिक उनमुक्ति पार्टी, नेकपा समाजवादी पार्टी तथा नयाँ नेतृत्वका साथ आएको पुरानो पार्टी राप्रपाले पाएको मत जोड्दा २६ लाख ७१ हजार ७२८ हुन्छ । 

    त्यतिबेला  १ लाख ९६ हजार ७ सय ८२ मत पाएर थ्रेसहोल्ड कटाउन नसकेको  राप्रपाले अहिले ३ लाख ८९ हजार ८५६ मत थपेको छ । र उसले अहिलेसम्म ५ लाख ८६ हजार ६३८ मत पाएर पाँचौं नम्बरमा रहेको छ । 

    प्रत्यक्षमा ७ सिट जितेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा ११ लाख २४ हजार ५४३ मत पाएर  समग्रमा चौथो ठूलो शक्ति बनेको छ । त्यस्तै अर्को नयाँ दल नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ४ सिट जित्दा समानुपातिकमा २ लाख ७१ हजार ६६२ मत पाएको छ । तर पनि उसको राष्ट्रिय पार्टी हुने सम्भावना निक्कै कम छ । 

    प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीको ३ लाख ९४ हजार मत कटाएर राष्ट्रिय पार्टी बन्ने भएको छ । 

    अर्को नयाँ एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा २ लाख ९४ हजार ३६२ पाएर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ । 

    अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

    समानुपातिकमा दलहरुले पाएको मत सङ्ख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन् ।

    त्यसो गर्दा एक तिहाइ महिलाहरुको सङ्ख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था छ । ११० सांसद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार