शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

आज रातीसम्म समानुपातिक मतगणना सक्न आयोगको निर्देशन, २८ गतेसम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने 

आज रातीसम्म समानुपातिक मतगणना सक्न आयोगको निर्देशन, २८ गतेसम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने 

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    आज रातीसम्म समानुपातिक मतगणना सक्न आयोगको निर्देशन, २८ गतेसम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने 
    images

    काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेसम्म समानुपातिकतर्फको मत गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । मंसिर ४ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फ तीन जिल्ला (स्याङजा, बाजुरा र दोलखाको मत गणना जारी रहेकाले आज राती १२ बजेसम्म सक्न निर्देशन दिएको हो । 


    images
    images

    निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि मंसिर २८ गतेसम्म राष्ट्रपतिलाई बुझाउने बताएको छ । त्यसका लागि आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन समय दिने भएको छ । दलहरुलाई ७ दिनको समय दिन मिल्ने भएपनि छिटो गर्नका लागि तीन दिनकोसमय दिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । 

    प्रत्यक्ष तर्फ सबै क्षेत्रको नतिजा सार्जनजिक भइसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जितेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । नेकपा एमालेले ४४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो बनेको छ । 

    त्यसैगरी प्रत्यक्षमा नेकपा माओवादी केन्द्रले १८ सिट जितेर तेस्रो पार्टी बन्दा नेकपा एकीकृत समाजवादीले भने १० सिट जितेर चौथो दल बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात सात क्षेत्र जितेका छन् । 

    लोकतान्त्रिक समाजवादी पार्टीले र नागरिक उन्मुक्ति पार्टीले चार चार क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक सिट जितेका छन् । देशभर ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 

    प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस ठट्ठलो दल बनेको छ । ९१ सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार