शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

सत्ता गठबन्धनलाई निरन्तरता दिने चार दलको निर्णय

सत्ता गठबन्धनलाई निरन्तरता दिने चार दलको निर्णय

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    सत्ता गठबन्धनलाई निरन्तरता दिने चार दलको निर्णय
    images

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  सत्ता गठबन्धका शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।


    images
    images


    मंसिर ४ को निर्वाचन परिणाम आएपछि पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन कायम राखेर अघि बढ्ने निर्णय गरेको हो । बैठकपछि वक्तव्य निकालेर यसको औपचारिक जानकारी दिइएको छ । 


    बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।

    निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने सत्ता गठबन्धनमा रहेका दलहरुले बताएका छन्।

    निर्वाचनका क्रममा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको निष्कर्ष बैठकले निकालेको छ।


    ‘निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने छ,’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं।’

    gathabandhan1670251993.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार