शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर उनी निर्विरोध निर्वाचित भएका थिए ।

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
    images

    काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।


    images
    images

    उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर उनी निर्विरोध निर्वाचित भएका थिए ।

    मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको 'नीति, सिद्धान्त र पिचार मेल' खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बचताए ।

    ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध भएको उनको तर्क छ । पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

    गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।

    एकीकृत समाजवादीले संघीय संसदमा प्रत्यक्षबाट १० सिट जितेर पनि समानुपातिकको थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी हुन सकेन।

    तर समाजवादीले सबै प्रदेशमा थ्रेस होल्ड कटाइसकेको छ। यस्तोमा गण्डकीमा पनि समाजवादीले समानुपातिकबाट एक सांसद पाउने पक्का भएको छ।

    मनाङे पनि समाजवादीमा प्रवेश गरेपछि अब उसका दुई सांसद हुने छन्। 

    सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेलाई एक भएर जाने निर्णय गरिसकेको छ। यस्तोमा अब संघसँगै प्रदेशमा पनि सत्ता गठबन्धन कायम रहने हो भने मनाङे गण्डकीमा समाजवादी संसदीय दलको नेता नबने पनि मन्त्री हुन सक्नेछन्। 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार