शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन्, कसले कति सिट पाए ?

समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन्, कसले कति सिट पाए ?

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो । प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको  एमाले समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउनेछ ।

साझा पोष्ट
मंगलबार, मंसिर २० २०७९
  • images
    समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन्, कसले कति सिट पाए ?
    images

    काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो ।


    images
    images

    प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको  एमाले समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउनेछ ।

    त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हात पारेको थियो । त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा ७ सिट जित हात पारेको छ । त्यस्तै जनमत पार्टी र जसपाले ५\५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन । तर प्रत्यक्ष तर्फ १० सिट जितेर चौथो दल बनेको नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न सकेन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार