शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

नयाँ तीनसहित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व

नयाँ तीनसहित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व

काठमाडौं । प्रतिनिधिसभामा  यसपटक  १२ राजनीतिक दलले प्रतिनिधित्व भएको छ । जसमध्ये तीन वटा नयाँ दल छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो प्रयासमै संसद प्रवेश गर्दैछन् ।   यी मध्ये राष्ट्रिय स्वतन्त्र र जनमत पार्टी राष्ट्रिय दलकै रुपमा उदाए । 

साझा पोष्ट
बुधबार, मंसिर २१ २०७९
  • images
    नयाँ तीनसहित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व
    images

    काठमाडौं । प्रतिनिधिसभामा  यसपटक  १२ राजनीतिक दलले प्रतिनिधित्व भएको छ । जसमध्ये तीन वटा नयाँ दल छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो प्रयासमै संसद प्रवेश गर्दैछन् ।   यी मध्ये राष्ट्रिय स्वतन्त्र र जनमत पार्टी राष्ट्रिय दलकै रुपमा उदाए । 


    images
    images

    अबको प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा) राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी छन्। संसदमा यी दलको पहिले पनि प्रतिनिधित्व थिए । 


    यसपटकको निर्वाचनबाट सात राजनीतिक पार्टी राष्ट्रिय दल बनेका छन्। निर्वाचन आयोगका  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी,  जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्  

    प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत र ३२ समानुपातिक सांसद थपेको छ । कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ।

    यस्तै प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। यो मतले ३४ समानुपातिक सांसद थपिँदा एमाले ७८ सिटका साथ प्रतिनिधिसभामा दोस्रो दल बनेको छ। अघिल्लो चुनावमा भने एमाले पहिलो दल थियो।  

    यस्तै प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याउँदै  १४ सिट थपेर ३२ सिटका साथ तेस्रो शक्ति बनेको छ।

    पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्यो भने समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत सहित १३ सिट थप्यो  कूल २० सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ। पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ। प्रत्यक्षमा ७ सिट जितेको उसले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएर ७ सिट थप्दै कूल सिट संख्या १४ बनाएको छ।

    यस्तै प्रत्यक्षमा ७ सिट नै जितेको जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २१ हजार ३ सय १४ समानुपातिक मत ल्याएर ५ सिट थप्दै  सांसदको संख्या १२ पुर्‍याएको छ। 

    प्रत्यक्षमा १ सिट मात्र जितेको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएर ५ सिट थप्यो । उसको कूल सिटको संख्या ६ पुगेको छ। 

    प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले भने समानुपातिकतर्फ थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाउन नसक्दा राष्ट्रिय दल बन्न पाएन ।  लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट जिते भने उनीहरूले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन्।  एकीकृत समाजवादीसहित ४० दल भने राष्ट्रिय दल बन्न असफल भए। उनीहरूले पाएका समानुपातिक मत  खेर गएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार