बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सुवास नेम्वाङको विजय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, धाँधली भएकाे दाबी

सुवास नेम्वाङको विजय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, धाँधली भएकाे दाबी

काठमाडौं । इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले नेम्वाङको विजय घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।

साझा पोष्ट
बिहीबार , मंसिर २२ २०७९
  • images
    सुवास नेम्वाङको विजय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, धाँधली भएकाे दाबी
    images

    काठमाडौं । इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।


    images
    images

    मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले नेम्वाङको विजय घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।


    रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिह्नको मत बदर गर्ने, सूर्य चिह्नको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको दाबी गरिएको छ। 

    नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगन गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार