शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ जना सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ जना सांसद

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।आज बसेको केन्द्रीय समितिको बैठले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ जना सांसद
    images

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।


    images
    images

    आज बसेको केन्द्रीय समितिको बैठले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

    प्रवक्ता डा.मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

    अब नाम निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिए ।

    रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:
     
    दलित

    . सन्तोष परियार

    २. शिव नेपाली

    दलित महिला

    १. कल्पना रोक्का

    थारु

    १. अशोककुमार चौधरी

    पिछडिएको वर्ग महिला

    १. विनीता कठायत

    मधेसी

    १. लक्ष्मण तिवारी

    २. मनिष झा

    आदिवासी/जनजाति

    १. डा. ढाकाकुमार श्रेष्ठ

    २. इन्दिरा रानामगर

    ३. सुमना श्रेष्ठ

    खस आर्य

    १. डा. चन्दा कार्की

    २. डोलप्रसाद अर्याल

    ३. निशा डाँगी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार