बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

समानुपातिकको नामावलीमा छानबिन शुरु, नामावली सच्याउन सोमबारसम्मको समय

समानुपातिकको नामावलीमा छानबिन शुरु, नामावली सच्याउन सोमबारसम्मको समय

साझा पोष्ट
आइतबार, मंसिर २५ २०७९
  • images
    समानुपातिकको नामावलीमा छानबिन शुरु, नामावली सच्याउन सोमबारसम्मको समय
    images

     काठमाडौं । राजनीतिक दलहरुले बुझाएको समानुपातिक सांसदको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेका नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार गरी दुई दिनको समय दिएको हो । 


    images
    images

    निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैदेखि छानबिन सुरु भएको छ ।  क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  

    दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए\नभएको छानबिन गरिनेछ । दलहरुले शनिबार बुझाएको नामावली आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार